महिलाको अश्लील भिडियो बनाएर बेच्ने गरेको आरोपमा रमेश पक्राउ
काठमाडाैं | असार १६, २०८२
काठमाडौं: महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा छन् । उनी पछिल्लो समय काठमाडौंको टोखा बस्दै आएका थिए ।
प्रहरीका अनुसार, उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषसँग रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउँथे । त्यसक्रममा उनले महिलाको अश्लील सामग्री बनाएर बिक्रीवितरण गर्थे ।
उनका गतिविधिबारे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो ।
उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

